दमकमा पूर्वराजा शाह र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता, राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले भेटघाट गर्नुभएको छ ।

उहाँहरुले झापा पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गर्नुभएको हो । प्रचण्ड सरकारबाट बाहिरिएसँगै राप्रपाले पूर्वराजासँगको छलफललाई तीब्रता दिँदै आएको छ ।

बुधबार झापाको दमकमा भएको भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा पुग्नुभएको थियो ।

पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा बस्दै  आउनुभएको छ । त्यहीबाट उहाँले केही दिनदेखि राजनीतिक भेटघाटहरु गरिरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?