प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, उपसभामुख चयन गरिँदै

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गर्नुभएको हो ।

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बन्नुभएको छ । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?