मुक्तिनाथका ग्राहकलाई डालो रेष्ट्रोमा छुट

Read Time = 2 mins

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले द डालो रेष्ट्रोका फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट पाउनेछन् । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसाा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिसकल बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?