म्याग्दी । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले शनिवार रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो ।
शनिवार लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत प्राप्त दश हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टरफण्डबाट करिब २ लाख रकम गरी करिब १५ लाख बराबरको समान पठाएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिनुभयो ।
एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडा देखि खाद्यान्न सहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेस लगायतका दैनिक उपभोग्य बस्तु पठाइएको रावलले बताउनु भयो ।
कागबेनीधाममा साउन २८ गते आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पु¥याएको थियो । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।
ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पु-याएको थियो । बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको थियो ।
राहत सामग्री पठाउँदै रावलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले लायन्सले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितहरूलाई राहत उद्धारको काम गर्दै आएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच