नापोलीलाई इटालियन सिरी ए को उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इटालियन सिरी ए को उपाधि नापोलीले जितेको छ ।

बिहीबार राति सम्पन्न खेलमा उडिनेससँग १–१ गोलको बराबरी खेलेसँगै नापोलीले यस सिजनको सिरी ए उपाधि जितेको हो ।

नापोलीका लागि खेलको ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गरे । उडिनेसका लागि सान्डी लोभरिकले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।

नापोलीले सन् १९९० पछि पहिलो पटक सिरी ए को उपाधि जितेको हो। त्यस्तै नापोलीले सिरी ए को उपाधि जितेको यो तेस्रो पटक हो।

यस अघि १९८६–८७ र १९८९–९० मा सिरी ए को उपाधि जितेको थियो।

नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ ।

उडीनेजे ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?