एनआइसी एसिया फुटसल कप २०२३ सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एनआइसी एसिया बैंकले आयोजना गरेको एनआइसी एसिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्र्धा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बैंकका ३९ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको बैंकले जनाएको छ ।

सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमको निर्णायक खेल काठमाडौंस्थित धन्वन्तरी फुटसल ग्राउण्डमा भदौ ९ गते सम्पन्न भएको हो । आयोजकका अनुसार लिग तथा नकआउट चरणमा सम्पन्न भएको खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम विजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपविजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम विजेता र सुदूरपश्चिम प्रदेश ‘बी’ टिम उपविजेता बन्यो । खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश ‘बी’ की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनोट हुनुभएको थियो ।

त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित कार्की रहनुभएको थियो । उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहनुभएको थियो भने प्रतियोगिता विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिरनाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स विभाग प्रमुख सरोज भट्टराईलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?