शिक्षा, स्वास्थ र सुरक्षाको ग्यारेन्टी गर्न माग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा सहभागी एक कार्यक्रमका प्रतियोगि बालबालिकाहरूले शिक्षा, स्वास्थ र सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारामा साथ नेपाल बाल संगठन बालमन्दिर गुल्मीको आयोजनामा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा रेसुंगा नगरपालिका अन्तर आधारभूत विद्यालय स्तरीय तीज गीत प्रतियोगिताका प्रतियोगी बालबालिकाहरूले सडक बालबालिका र असाहायको उद्वार गरेको खोइ ? भन्दै प्रश्न गरेका थिए ।

उनीहरूले बालबालिकाको अधिकार संविधानको धारामा मात्र सिमित रहेको, बालिका बलात्कारजन्य घटना नरोकिएको, भन्दै बालविवाह, श्रमशोषण हटाउनुपर्ने उल्लेख गरेका थिए । उनीहरूले बालअधिकार दिवसमा मात्र सिमित गर्न नहुने उल्लेख गरेका थिए । साथै अबको शिक्षा सीपयुक्त शिक्षा हुनुपर्ने समेत उनीहरूले प्रस्तुतिमा राखेका थिए ।

पढ्न अभाव भएकालाई सरकारले निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, गुणस्तरीय शिक्षाकै लागि ठुला शहर जान पर्ने बाध्यताको अन्त्य हुनुपर्ने, बालअधिकार कार्यान्वयन भए नभएको निरीक्षण गर्नुपर्ने र बालबालिकामा लगानी गर्नुपर्ने आफ्ना प्रस्तुतिहरू मार्फत जोड दिएका थिए । प्रतियोगिताको निणरयकमा रेडियो रेसुंगाका स्टेसन म्यानेजर अनिता खत्री, भुवन भुसाल र कमला घिमिरे रहनुभएको थियो । प्रतियोगितामा १७ समुहको सहभागिता रहेको थियो ।

जसमा प्रथम अर्जुन आवासीय माध्यमिक विद्यालय रेसुंगा नगरपालिका-१, द्वितिय रिर्डस पब्लीक हाई स्कुल रेसुंगा नगरपालिका-८ खानीगाउँ, तृतिय त्रिभुवन माध्यमिक विद्यालय रेसुंगा नगरपालिका-१४ रातामाटा, शान्त्वना रेसुंगा नगरपालिका-३ भाडगाउँ र आर्दश विद्या आश्रम तम्घास भएका छन् ।

सोही अवसरमा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष फर्सुराम पाण्डेलाई बालमन्दिरलाई औषधी लगायत सहयोग गरेको भन्दै सम्मान गरिएको हो । भने बालमन्दिर तम्घासकी प्रधानाध्यापक सुष्मा श्रेष्ठ र कार्यालय सहयोगी जमुना अधिकारीलाई पनि सम्मान गरिएको थियो । नेपाल बाल संगठन बालमन्दिरका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लोकनाथ मरासिनी, रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, रेसुंगा नगरपालिकाका वडाअध्यक्षहरू लगायतको सहभागिता रहेको थियो । बालसंगठनका उपाध्यक्ष रेमलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बाल संगठनका सदस्य यज्ञप्रसाद पन्थीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?