एपिएम कप टेबलटेनिस आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल एपिएम प्रालिको आयोजनामा तेस्रो नेपाल एपिएम टेबलटेनिस प्रतियोगिता आज (बुधबार)देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न नौ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । क्याडेट ब्वाइज (गल्स सिंगल्स, जुनियर ब्वाइज (गल्स सिंगल्स, खुला टिम इभेन्ट, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

आयोजकका अनुसार नेपाल, चीन, दक्षिण कोरिया, जापान र भारतबाट करिब ३०० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि एपिएम प्रालिका निर्देशक दानबहादुर महता र जिओम नेपालका निर्देशक ज्याकी महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार जिओमले प्रत्येक स्पर्धाका स्वर्ण पदक विजेतालाई जम्मा ६ लाख रुपैयाँ बराबरको टेबलटेनिस खेल सामग्री पुरस्कारस्वरूप प्रदान गर्नेछ । त्यसमा टिम इभेन्टका विजेतालाई मात्र २ लाख बराबरको सामग्री दिइने निर्देशक महर्जनले जानकारी गराउनुभयो ।

अखिल नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने चारदिने प्रतियोगिताका खेलहरू ललितपुरको भैंसेपाटीस्थित एपिएम क्लबमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?