भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।
मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने बर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच