कार र मोटरसाइकल ठक्कर खाँंदा भक्तपुरमा पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९  नं. को  कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने बर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?