जुम्लामा गठबन्धनलाई धक्का : प्रतिनिधिसभामा राप्रपा, एक–एक स्थानमा एमाले र स्वतन्त्र निर्वाचित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लामा सत्ता गठबन्धनका उम्मेदवार संघीयसभा सदस्य र प्रदेशसभामा पराजय भएपछि जिल्लामा गठबन्धनलाई ठुलो धक्का लागेको छ ।

एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभाका दुई वटा क्षेत्र अन्तरर्गत १ (क) मा स्वतन्त्र उम्मेदवार र २ (ख) मा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।

प्रतिनिभिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञान बहादुर शाह) विजयी हुनु भएको हो । उहाँले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौमत (कुवँर) लाई १० हजार ८६० मतान्तरले पराजित गर्दै शाही विजयी हुनु भयो । शाहीले २२ हजार ८१९ मत ल्याउदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेकपा (माओवादी) केन्द्र पार्टीका उम्मेदवार गौतमले ११ हजार ९५९ मत आएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार ५२८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्ले ९५५ मत प्राप्त गरेको गरेको निर्वाचन कार्यालय जुसम्लाका प्रमुख शर्माले बताउनुभयो । जिल्लाको कुल ६८ हजार ६३८ मतदातामध्ये जम्मा खसेको ४५ हजार २८४ मत रहेको थियो । खसेको कुल मतमध्ये दुई हजार ४७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा (एमाल) का उम्मेदवार टेकराज पछाईले ७ हजार ८२६ मतले निर्वाचित हुनु भयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास बाहलवाला मन्त्री पदम बहादुर रोकायाले ६ हजार ७१५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १६५, मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार २०२, मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले १ हजार ८९९ मतान्तरले विजयी हुनुभएको छ । कांग्रेसका वागी उम्मेदवार शाहीले ९ हजार ६५४ मत ल्याएर बिजयी भएका थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली काङ्ग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले ५ हजार ४७०, मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेकाछन । सो प्रदेशसभामा चौविस हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्र बहादुर महत संग झन्डै दोब्बर मत अन्तरले पराजय हुनुभएको थियो । कांग्रेसले टिकट नदिएपछि शाहीले प्रदेशमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?