इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुलाई आफ्नै वडावासीसमेतले नपत्याएपछि इलाम २ को जारी मत गणनामा उहाँ चौथो स्थानमा हुनुहुन्छ ।
अघिल्लो प्रतिनिधि सभाको उपनिर्वाचनमा तीन मध्ये दुई स्थानमा विजयी बनेको रास्वपा इलाममा पनि राम्रो उपस्थिति देखाउने अड्कल भइरहेका बेला लिम्बु भने जारी मत गणनामा निक्कै लत देखिनुभएको छ । सो निर्वाचनमा चितवन र तनहुँमा रास्वपाले शानदार जित हासिल गरेको थियो ।
विगतकाे निर्वाचनलाई हेर्दा इलाममा पनि रास्वपा सके जित नभएपनि राम्रो प्रतिस्पर्धामा उत्रिने आँकलन भएका थिए ।सोही अनुसार उसले स्थानीयस्तरमा चिरपरिचित उम्देवार मिलनलाई उठाएको पनि थियो । तर अप्रत्याशित उलटफेर नभए यहाँ रास्वपा प्रतिस्पर्धामा आउने सम्भावना सकिँदै गएको देखिन्छ ।
मिलनले माङसेबुङबाट राम्रो मत आउने अपेक्षा थियाे । तर, अपेक्षित मत नआएपछि उहाँ चाैथाे त्यो पनि धेरै तल दौडिरहनु भएको छ । भलै इलाम नगरपालिकामा मिलनलाई राम्रो मत झरेको अनुमान गरिएको छ ।
उहाँको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मतदान केन्द्र हो। यहाँबाट मिलनलाई ९६ मत मात्र प्राप्त भएको छ ।
मिलनको वडामा १ हजार ४०७ मत गणना भएको थियो। यहाँबाट एमालेले सर्वाधिक मत पाएको छ । एमाले ५८६ मत पाउँदा कांग्रेसले ३५१ मत पाएको देखिन्छ ।
यहाँबाट पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१७ मत पाउनु भएको छ ।
जारी गणनाका पछिल्लो अपडेट अनुसार एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लानुभएको छ।
पछिल्लो परिणामानुसार नेम्वाङले १३ हजार ६९ मत ल्याउनु भएको छ ।
यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार ३८६ मत ल्याउँदै नेम्वाङलाई पछ्याउँदै हुनु हुन्छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मतसहित खड्कालाई पछ्याइरहनुभएको छ ।
रास्वापाका मिलन लिम्बू भने एक हजार ७१३ मत पाउनु भएको छ ।
हालसम्म ३२ हजार १९४ मत गणना भइसकेको छ । इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो ।
इलाममा प्रतिनिधिसभाका लागि शनिबार भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच