अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै

हिमालय टाइम्स
Read Time = 2 mins

बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् ।

आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसममध्ये नौवटा मुद्दा फर्छ्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले जनाएको छ ।

यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ । सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।

हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढिनन्दा नगरपालिकाका चार तथा बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका तीन/तीनवटा उजुरी परेका छन् ।

बाजुराका नौवटै स्थानीय तहका गरी ३८ वटा उजुरी परेको र १८ को फछ्र्योट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?