![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
काठमाडौं । नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल अष्ट्रेलियाको मेलवोर्नमा आयोजना भइरहेको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वार्टरफाइनलमा पराजित हुनुभएको छ । प्रिन्स सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा न्यूजिल्याण्डका इडवार्ड लाउसँग १३-२१, ११-२१ ले पराजित हुनुभएको हो ।
क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा विश्व जुनियरको शीर्ष स्थानमा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जालाई २१–१०, २१–६ ले पराजित गर्नुभयो । यस्तै राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१-११, २१-१६ ले तथा प्रिक्वार्टरफाइनलमा चाइनिज ताइपेईका पाङ फोङलाई २१-१८, १२-२१, २१-१४ ले पराजित गरेको शाहले जानकारी गराउनुभयो ।
पुरुष एकलतर्फकै अर्को खेलमा हालै भएको तेस्रो प्रधानमन्त्री कपमा प्रिन्सलाई पराजित गरेर सनसनी मच्चाएका प्रफुल महर्जन प्रिक्वार्टरफाइनलमा जापानका शोता ओमोतोसँग ९-२१, १२-२१ ले पराजित हुनुभयो । यसअघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गर्नुभएको थियो । यस्तै उहाँले प्रिक्वार्टरफाइनलको यात्रा तय गर्ने क्रममा अष्ट्रेलियाका केथ मार्क एडिशनलाई २०-२२, २१-१५, २१-१५ ले पराजित गर्न सफल हुनुभएको थियो ।
महिला युगलतर्फ वाई पाएर सिधैं क्वार्टरफाइनल पुग्नुभएका नङशल तामाङ र अनुमाया राईको जोडी क्वार्टरफाईनलमा अष्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग ७-२१, १४-२१ ले पराजित हुनुभयो ।
पुरुष युगलतर्फ प्रिन्स र विष्णुको जोडी प्रिक्वार्टरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्यासँग ८-२१, १७-२१ ले पराजित हुनुभयो । प्रिन्स र विष्णुको जोडी राउण्ड अफ ३२ मा अष्ट्रेलियाका हुइदोङ ताङ र जिउल झीलाई १०-२१, २२-२०, २१-१९ ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान पक्का गर्न सफल हुनुभएको हो ।
पुरुष एकलमा विष्णु कटुवाल आफ्नो पहिलो खेलमा अष्ट्रेलियाका रियो अगुष्टिनोसंग ९-२१, ९-२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अष्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६-२१, १६-२१ र नङशल तामाङ अष्ट्रेलियाकी टिफानी होसँग ७-२१, ८-२१ ले पराजित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच