कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो ।

बोर्डको बाग्मती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोही अनुसार भर्ना गर्न र गराउन भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?