जोन सिनसँग प्रियंका

Read Time = 1 min

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ सार्वनजनिक हुनुअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गर्नुभएको छ । यस पटक प्रियंकाले अमेजनको आगामी चलचित्र ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दै हुनुहुन्छ । यो चलचित्रको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ ।

प्रियंकाले यस चलचित्रको घोषणा सामाजिक सञ्जालमार्फत गर्नुभएको हो । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत तस्वीरपनि सार्वजनिक गर्नुभएको छ । कथा वस्तुबारे नखुलाइएको यस चलचित्रमा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?