काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुस्मा राजभण्डारीको १९औँ एकल चित्रकलाको प्रदर्शनी राजधानीमा सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गर्नुभएको थियो । राजभण्डारीको एकल चित्रकलासँगै ‘ख्यातिप्राप्त कलाकारहरू’ द्वारा तयार पारिएका मुहार चित्र पनि प्रदर्शनीमा राखिएको छ ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सभासद तथा पूर्वमन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ तथा रघुजी पन्त, उच्च व्यक्तित्वहरूका साथै विभिन्न देशका राजदूतहरू, नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्वकुलपतिहरू किरण मानन्धर तथा केके कर्माचार्य, पूर्व काठमाडौं जिविसका शिवसुन्दर वैद्य, पूर्वचेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, अभियानकर्ताहरू सुमन सायमी तथा विद्या श्रेष्ठ, उद्योगपतिहरू, समाजसेवी, व्यापारी, वरिष्ठ कलाकारहरू तथा कलाकारहरू, वरिष्ठ साहित्यकारहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू तथा अन्य गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सुस्माको ‘माई जर्नी’ नामक शीर्षकमा करिब तीन दर्जन कलाकृतिहरू सजिएको छ । चार दशकदेखि कलामा निरन्तर लागिरहनुभएकी कलाकार सुस्माले देश तथा विदेशमा आफ्नो चित्रमार्फत् एकल, सामूहिक, सेमिनार, गोष्ठी तथा कार्यशालामा सहभागी भएर ख्याति कमाइसक्नुभएको छ । साथै संघसंस्थाहरूबाट विभिन्न पदक तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।
त्यस्तै कलाकारहरू केके कर्माचार्य, विजय थापा, चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, सुस्मा राजभण्डारी, एनबी गुरुङ, उमेश श्रेष्ठ, कृष्णप्रकाश शाह, भीम श्रेष्ठ, पृथ्वी श्रेष्ठ, दिपेन्द्र बनेपाली, अजय देसार, आशुराम खैजू, विनोद गुप्ता, मदन श्रेष्ठ, बालकिशोर चौधरी, राजेश महर्जन, सितु मास्के, सूर्य दोडराजले बनाएका कृतिहरू प्रदर्शनीमा सजिएका छन् । प्रदर्शनी आगामी १८ कात्तिकसम्म रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच