कैलाली । कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्यार गरेको अभियोगमा उनी पक्राउ परेका थिए। चन्दका अनुसार बिहिवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो।
प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण खुलेको छैन। दाइ गणेश सेट्टीले बुधवार साँझ कृष्णको स्वास्थ्य राम्रो रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज बुहारीसहित आउदै थियौ। प्रहरीबाट फोन आयो। अस्पतालमा ल्याएको रहेछ। प्रहरीले के गरेको हो ? केही जानकारी भएन।’
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दका अनुसार सोमवार दिउसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए।
जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। थापाको हत्या भएपछि मङ्गलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच