काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दबाब कायम रहेको उल्लेख गर्नुभयो ।
उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताउनु भयो । उहाँले देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि हामी आर्थिक दबाबमा छाँै । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढीरहेको छ ।’
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच