गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार प्रतिवादी एक व्यक्तिलाई पक्राउ गरेको छ । रेसुंगा नगरपालिका-४ अर्खलेका २७ वर्षीय अनिल नेपालीलाई आपराधीक उप्रदव गरेको (आगो लगाएको) मुद्दामा प्रहरीले आज (बुधबार) प्रकाउ गरेको हो ।
२०७८ पुस २९ गते गुल्मी जिल्ला अदालत र २०७९ माघ १६ गते उच्च अदालत तुल्सीपुर बुटवल इजलासको फैसला बमोजिम नेपालीलाई ११ महिना १३ दिन कैद सजाय तोकिएको थियो । प्रकाउ परेका नेपालीलाई आजै गुल्मी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला अदालतको आदेश बमोजिम नेपालीलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय तम्घासमा पठाइएको छ ।
नेपाली सोही स्थानका प्रेमराज पन्थीको घरमा आगो लगाइ फरार भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच