काठमाडौं । टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनताले अराजकतालाई अनुमोदन गरेको संकेत गरेको बताएका छन् ।
गाजामा इजरायलको आक्रमणमा पश्चिमको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई ग्रिन सिग्नल दिनु बराबर रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरु मौन बस्न नसक्ने उनको चेतावनी थियो ।
टर्कीको विदेश मन्त्रालयले बुधवार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान बिरुद्ध लगाएका आरोप निराधार भएको र गाजाका जनतामाथि हमला गरिरहँदा उनीहरूलाई कानूनको बारेमा कुरा गर्ने अधिकार नरहेको बताउनुभएको थियो ।
इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको हमलाको बिरुद्धमा बदला लिन गाजामा पूर्ण रूपमा आक्रमण गरिरहेको छ । जसको क्रममा हमास लडाकुहरूले इजरायलमा करिब १ हजार २ सय व्यक्तिको हत्या गरेका थिए र २ सय भन्दा बढी बन्धक बनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच