काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ ।

बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु-मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । साना सवारी साधनलाई भने एक लेनमा आलो पालो चलाइएको छ ।

गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?