गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवं शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा बिहीबारदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मंसिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाअन्तर्गत ११ वटा माध्यमिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवं खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो ।
पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
सम्पूूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले सात हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्पलगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसअघि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण, पाँच रजत र तीन कांस्य प्राप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण, तीन रजत र तीन कांस्य प्राप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कांस्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच