जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी

Read Time = 7 mins

जुम्ला । स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।

चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित हुनु भयो। उहाँ तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाक्री दुई सय ४५ मत प्राप्त गरी पराजय हुनुभयो । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भयो । उहाँका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरे।
चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उहाँ  दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गर्नुभयो । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवीबहादुर थापा निर्वाचित हुनुभयो । उहाँ  तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उहाँका प्रतिद्धन्द्धी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गर्नुभयो ।

गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित हुनुभयो । पातारासी गाउँपालिका –२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित हुनुभयो। उहाँले चार सय ३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभयो। उहाँका प्रत्यासी माओवादीका कन्न बोहराले चार सय ३२ मत प्राप्त गरी दुई मतले पराजित हुनुभयो  ।

सोही गाउँपालिका–५ मा कांग्रेसका दत्तबहादुर बुढा निर्वाचित हुनुभयो । उहाँले तीन सय ७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले तीन सय २४ मत प्राप्त गर्नुभयो । वडा नम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित हुनुभयो । उहा तीन सय २२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी एमालेका सिंगबहादुर विष्ट एक सय ८६ मत प्राप्त गरी पराजय गर्नुभयो ।

कनकासुन्दरी गाउँपालिका-१ मा पनि कांग्रेसका उम्मेदवार विजयी हुनु भयो । कांग्रेसका भैरबहादुर बुढा ६ सय ३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्द्धी माओवादी केन्द्रका भक्तबहादुर बुढाले चार सय ९६ मत प्राप्त गरी पराजय हुनुभयो ।

सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित हुनुभयो। उहाँले दुई सय ७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्द्धी माओवादीका धनडोमा तामाङ रोकायाले दुई ४० मत प्राप्त गरी पराजय हुनुभयो । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित हुनुभयो । उहाँले तीन सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाले प्रत्यासी माओवादीका मोती दमाईले तीन सय ६ मत प्राप्त गरी पराजय गर्नुभयो  ।

हिमा गाउँपालिका–१ वडामा कांग्रेसका रतनबहादुर शाही निर्वाचित हुनुभयो । उहाँले तीन सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले दुई सय २८ मत प्राप्त गरी पराजय भोग्नु भयो । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित हुनुभयो । उहाँले दुई सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभय्यो । उहाँले प्रत्यासी स्वतन्त्र उम्मेदवार दल्जित शाहीले एक सय ७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका–६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित हुनुभयो । उहाँले दुई सय ७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभयो। उहाँका प्रत्यासी माओवादीका वीर तिरुवाले दुई सय २७ मत प्राप्त गर्नुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?