मनमोहक रानीमहल (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 7 mins

पाल्पा । प्रेमको प्रतिक नेपालको एक मात्र दरबार जुुन राजा खड्ग शमशेरले रानी तेज कुुमारीको सम्झनामा बनाइदिएका थिए । कहाँ होला यो ?, को को पुग्नु भएको छ ? रानीमहल भनेर चिनिने यो प्र्रतिक सयौँ वर्षदेखि कालीगण्डकी किनारको एक चट्टानमा अवस्थित छ । विक्रम संम्वत् १९५० मा पाल्पा गौडाका तैनाथवाला खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण सुरु गरेका थिए । विसं १९५० मा शिलान्यास गरेर १९५४ मा कालीगण्डकीको तटमा दरबार बनाएका हुन् । पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर महल बनाइएको छ ।

पौराणीक तथा एतिहासीक कुुराले भरिपूूर्ण यो दरबार नेपालको पश्चिमी जिल्ला पाल्पामा पर्र्दछ । रानीमहलमा के छ त ? सबैको मनमा आउने प्रश्न यही हो । तानसेनदेखि २० मिनेटको यात्रामा पुुग्न सकिन्छ रानीमहल । तानसेनदेखि करीब १४ किलोमिटरको दुुरीमा अवस्थित छ यो दरबार । हिड्न रुचाउनेहरूका लागि तानसेनदेखि पदमार्ग पनि निमार्ण गरिएको छ । रानीमहल पुुग्नुु भन्दा अगाडी अलिमाथिबाट सुुन्दर कालीगण्डकी देख्न सुरु हुन्छ र त्यसको छेउमा रानीमहल अडिग देखिन्छ । मुुस्ताङबाट बग्दै आएको कालीगण्डकी धार्मीक तथा पर्यटकीय हिसाबले एकदम महत्वपूर्ण ।

रानीमहल पुुगीसकेपछि सिढी चढेरमाथि तिर लाग्नुु पर्छ । माथि पुुग्ने वित्तिकै गेट छिर्न भन्दा पहिला दुबै तपर्m घोडा बाध्ने ठूला ठूला तबेलाहरू देख्न सकिन्छ । अब गेटबाट छिरेर माथि तर्फ लाग्दा दुबै तर्फ शिव भगवानका मन्दिरहरू देख्छौ । त्यहाँ बाट ५, ६ सिढी माथि उक्ले पछी दरबार पुुगीन्छ । दरबार पुुग्नासाथ अगाडी ठूला ठूला माछाका पोेखरी देख्न सकिन्छ र गण्डकी तपर्m एउटा ठूलो बुुर्जा देख्छौ त्यहाँबाट सुुन्दर कालीगण्डकी साथै पुुरा दरबार को दृश्य देख्न सकिन्छ । पहिला रातो छाना र निलो रंग भएको दरबार पुुन पुुरानै शैलीमा लेराइएको छ जुुन रातो छाना र दरबार पुुरै सेतो गराइएको छ ।

तिन तले रानीमहलमा ११ वटा कोठाहरू छन । पश्चिमी शैलीमा निमार्ण भएको दरबारमा कोठाहरू निकै ठुुला छन । दरबारको दोस्रो तलाको अगाडी भागको बीचमा ठूलो बार्दली छ, त्यहाँ बाट दरबार परिसरको साथसाथै उत्तर बाहिनी कालीगण्डकी बगेको देख्न सकिन्छ । दरबार छिर्न साथ बायाँ कोठामा राजा खड्ग शमशेर र रानी तेज कूूमारीको पेन्टीङ चित्र बनाएर राखीएको छ ।

जुुन चित्र बनाउन राजाको पुुस्ताको नातेदार बाट झिकाएर बनाइएको हो । काठै काठको भर्याङबाट माथी तिर लागे पछी दोस्रो तलामा पुुग्दा बायाँ तर्फ ठुलो सभा हल र दायाँ तर्फ मिनी संग्रहालय छ । रानीमहल दरबारबाट हराएका पुरातात्विक सामग्री १ सय ६६ थान फिर्ता लिगेर त्यसलाई नै मिनी संग्रहालयको रुप दिइएको छ । मिनी संग्रहालयमा तस्बिरहरू लिन भने मनाही गरिएको छ ।

सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तर्गत तानसेन नगरपालिकाले निजी क्षेत्रलाई दिन प्रक्रिया अघि बढेको पाल्पाको प्रमुख पर्यटकीय क्षेत्र रानी महलमा मिनी संग्रहालय निर्माण गरिएको छ । तानसेन नगरपालिकाको लगानीमा निर्माण भएको मिनी संग्रहालयले पर्यटकको आर्कषण बढाएको छ ।

रानीमहललाई रातीमा हेर्न मिल्ने गरी लाइट जडान गरिएको छ । रातीमा पुग्ने पर्यटकले टाढैबाट रानीमहल देख्न सकुन् भनेर विजुली बत्तीको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?