गरिमामय संसदमा जड्याहाले पनि नबोल्न नमिल्ने आधारहिन अभिव्यक्ति दिनु देशद्रोह हो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिनु भएको छ ।

देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उहाँको जिकीर थियो ।

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताउनु भयो ।

एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीको बताउनु भयो । उहाँले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएपनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाईरहेको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी यतिबेला चौतर्फी घेराबन्दी छौं । तीव्र घेराबन्दीमा । हरेक कुरा भन्नुस्न । नभएको भुटानी शरणार्थी भएको ठाउँमा गैर भुटानीहरुलाई शरणार्थी बनाएर विदेश पठाउने खालको त्यस्तो धन्दामा केही व्यक्तिहरु सामेल भएका रहेछन् । अहिले म को यसमा संलग्न छ ? के छ ? अदालतमा केश छ । अहिले म धेरै भन्न चाहन्न । तर यो सम्पूर्ण हिसावले एक ढंगले सम्पूर्ण रुपमा एमालेतर्फ नै बाढि चाँही खन्याउन खोजियो । मिडिया, सामाजिक सञ्जाल आदिइत्यादि । यो आयो भनिएको छ । आएपनि नआएपनि, जे भएपनि हावाहुरी चलाएको छ । एमालेका विरुद्ध । र मानी लिऊ एमालेले नै यो सबै गरेको छ । जबकी यसमा एमाले कहीँकतै संलग्न छदैछैन । एमाले यस्ता कुराहरुसँग सम्बन्धित छदैछैन । नेकपा एमाले भ्रष्टाचारको सधैं विरोधी छ । स्वच्छता, पारदर्शीता, सुशासनको पक्षमा छ । तर एमालेलाई बदनाम गर्न खोजियो । आज संसद अवरुद्ध भईराखेको छ । अस्तीका दिन मात्रै एक जना माओवादी सांसदले बोल्दा, रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिले १ अर्व केपी ओलीले खायो, कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार ग¥यो भनेर एक जना सांसदले बोले । आज त्यस विषयमा संसद अवरुद्ध । हुनैपर्छ संसद अवरुद्ध । किनभने यस्तो बकबास, यो त किनभने एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिँडदैनन् । आधारहिन, असत्य र जनतालाई भ्रममा पार्ने खालका कुराहरु पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार ग¥यो भन्ने यस्तो खालको बकबास, संसद जस्तो गरिमामय ठाउँमा । २ अर्व औषधिको पैसा खायो भन्ने । त्यसको कि त पुष्टि हुनुप¥यो । पुष्टि हुने त कुनै सम्भावना छैन । नेकपा एमाले, त्यसमा पनि मैले, जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु । त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरुले गर्ने काम हो । यो देशद्रोही तत्वहरुले, देशमा चाँही कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै बितृष्णा जगाउने यो देशद्राही काम हो । यस्ता मान्छेहरु क्रियाशील छन अहिले । र, संसद अहिले अवरुद्ध भैराखेको छ । के हो भने हाम्रा विरद्ध जो बोले पनि हुने । जे प्रचार गरे पनि हुने । जे बोले पनि हुने । र, विनासिति ढंगले हाम्रा मान्छेहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका र खासगरी मेरो नजिक रहेका भनिएका मान्छेहरुलाई कसरी नाम पोल्न लगाउने, कसरी नाम लेख्न लगाउने, कसरी मुछ्न र त्यो कसरी प्रचार गर्न लगाउने । पुलिस कहाँ कसेले नाम उच्चारण ग¥यो भने अखबारमा त्योसँगसँगै कसरी पुग्छ ? कहिले कहिले अघिल्ला दिन अखबारमा पुग्छ । भोलीपल्ट बयानमा आउँछ । कस्तो तयारी साथ बयान रोकेर मान्छेलाई सही गराइएको छ । अनि, भ्रष्टाचार कसरी भएको छ ? यसका पछिद दिनदिनांक तथ्यांकसहित आउँदै जानेछ । अहिले यति भनौं । जेठ १९ गते नै निवेदन गरेका रहेछन मान्छेले । त्यतिबेलै मान्छे पक्राउ परेका रहेछन । यस्तो केशमा निवेदन परेपछि जेठ १९ गते गत वर्ष एक वर्ष पूरा हुन सात दिन बाँकि छ । त्यति अगाडि नै निवेदन परेको रहेछ नि । त्यो निवेदन अनुसार मान्छे गिरफ्तार भएका रहेछन । उनीहरुलाई छोडने को को हुन ? किन छोडे ? के कारणले छोडे ? त्यसको खोजि हुनु पर्छ कि पर्दैन ? किन छोडे ? किन गुपचुप गर्न खोजियो ? किन मिलाउन खोजियो ? त्यसपछि निवेदनको बाढी आउन थाल्यो । थोरै मान्छे ठगिएका रहेनछन । निवेदनको बाढि आउन थालेपछि । निवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरी गिरफ्तार भए । छोप्न खोजियो । १२ गते मान्छे गिरफतार हुन्छन । १८ गते दलालहरु ल्याएर गिरफतार मान्छेहरुसँग घण्टौ भेटघाट गराएर नयाँ खालका योजना बनाईन्छ । ती मान्छे किन गए त्यहाँ ? कसले पठायो ? नौं करोड मैले बुझाए भन्छ एउटा मान्छे । कहाँबाट ल्याएर बुझायो । दुनियासँग पैसा उठाएको छ उसले ऊ अपराधी हो कि होइन ? तर सरकार नौं करोड बुझाएको मान्छेलाई सूचना दातामा पो राख्छ । नौं करोड बुझाउने मान्छेलाई सूचनादातामा राख्छ । यहाँ मिलेमतो छैन कसरी भन्ने ? भ्रष्टाचार छैन कसरी भन्ने ? त्यसकारण कसकसको संलग्नता छ ? भोली समयक्रममा क्रमशः यो उजागर हुँदै जानेछ । म साथीहरुलाई के भन्छु भने एमालेका विरुद्ध अनेक प्रकारका हिजो छ्याप्ने प्रयास, आरोपित गर्ने प्रयास अनेक प्रयासहरु हुन सक्छन । अनेक प्रकारका हमला हुन सक्छन । हमलाको प्रकृतिमा त अस्ती म पूर्वाञ्चल जाँदा ढुंगा हान्ने, ढुंगा हानेर मार्ने । त्यो सम्मका क्रियाकलाप भए । र, सरकारले ती मान्छेहरुलाई गिरफतार पनि गर्दैन । ढुंगा हानी राखेका छन । तर उनीहरुलाई गिरफदार पनि गर्दैन । पुलिसलाई धकेलेका छन । पुलिस निरीह छ । गिरफतार गर्ने आदेश छैन भन्छ । लाठी चार्ज गर्ने आदेश छैन भन्छ । यसरी सरकार प्रोटेक्शन गरिराखेको छ । हिंसालाई बढावा दिईराखेको छ । हिंसात्मक घटनालाई प्रोटेक्शन गरिराखेको छ । हिंसावादीहरुको मनोवल उठाउने काम गरिराखेको छ । उनीहरुलाई कालो झण्डा देखाउन, नारा लगाउन पाउनुहुन्छ । जे गर्नु हुन्छ पाउनु हुन्छ गिरफतार गर्दैनौं भन्छ । सरकारले विपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री, देशको प्रमुख पार्टी मध्येको एउटा पार्टीको अध्यक्षमाथि त्यस्तो ज्यान मार्ने उद्योगहुँदा, विभिन्न ठाउँमा त्यस्तो हुँदा सरकारले किञ्चित दुःख मनाउ गरेन । सरकारले आफ्नो कमजोरी महशुस गरेन । यो नरामो कुरा हो भनेर सरकारले कतै पनि बोल्दैन । वास्तवमा सरकारको भूमिका एमाले विरोधी छ । देशको पक्षमा कुनै काम गरेको छैन । एमालेका विरुद्धमा काम गरेको छ । अहिले नीति, कार्यक्रम देख्नु भयो होला । नीति, कार्यक्रममा बारेमा पनि संसदमा छलफल गरेँ । त्यसको कमीकमजोरी भने । विसंगतिहरु देखाए । त्यसवापत सारा सत्तापक्षले नीति, कार्यक्रम बिर्सियो । केपी ओलीको विरोध । विरोध गर्दैजाँदा त कहाँसम्म पुग्यो भने औंषधिमा २ अर्व खायो । त्यो कहाँबाट खाएको हो ? त्यो निकाल्नु प¥यो । यत्तिकै चल्दैन त्यो । पशुपतिमा मैले र रकम दिने हो पशुपतिलाई । पशुपतिमा रकम दिएपछि अनि सुनको कि पित्तलको मैले ट्वाकट्वाक पार्न गएको थिए त्यहाँ ? कुन चाँही हो भन्ने होइन । मैले त रकम दिने हो त्यहाँ । त्यहाँ समिति छ । त्यहा सेना गार्ड बसेर चिजहरुको निर्माण गरेको होला । अनि गैर जिम्मेवार पारा । अनुत्तरदायी मात्रै होइन । गैर जिम्मेवारीको हद । यस्तोयस्तो मान्छे संसदमा पुगेका छन नि सामाजिक मर्यादा पनि नबुझ्ने, यस्ता तत्वहरु संसदमा पुगेका छन । यस्तो बोल्ने तत्वहरु । दुःखको कुरो हो । डेमोक्रेसी जसरी अगाडि जानु पर्दथ्यो । डेमोक्रेसीमा जस्तो समाज हुनु पर्दथ्यो । आज त्यस्तो समाज भईराखेको छैन । तर म भन्न चाहन्छु–यस देशमा नेकपा एमाले छ । यसले देशलाई साँच्चैको लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध मुलुक बनाई छोडछ । र, सुखी जनता बनाउने आधार पनि तय गर्छ ।’

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी समेत गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?