सट्टेबाजी प्रकरणका कलाकारहरुलाई धरौटीमा छोड्न काठमाडौंको जिल्ला अदालतकाे आदेश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीहरुलाइ प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पनि पक्राउ परेका थिए ।

त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार दर्ता गरेको अभियोगपपत्रमा बल्छी ध्रुबे, राजु मास्टरसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।

उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ ।

दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?