काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहनुभएका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
नेपाली खेलकुदका सफल खेलाडीमध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग)को लगातार चार संस्करणमा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडी हुनुहुन्छ । उहाँले आठौँदेखि ११ औँ (साग) सागमा स्वर्ण जित्नुभएको थियो । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडमा कांस्य जित्नुभएको थियो ।
विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुनुहुन्छ । उहाँले सन् २००८ मा चीनको बेइजिङमा भएको २९औँ ओलम्पिक छनोट चरण पार गर्नुभएको थियो । विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकका रूपमा सेवा प्रवेश गर्नुभएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच