गुल्मी । गुल्मीमा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।
तम्घासमा भएको सुरक्षित वैदेशिक रोजगारका सवालमा स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुसँगको अन्तक्रियामा सहभागीहरुले वैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्स अनुउत्पादक क्षेत्रमा धेरै खर्चिने गरेको देखिएकाले यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले वैदेशिक रोजगारीबाट पठाएको रमेट्यान्सलाई सुरक्षित लगानीको वातावरण तयारी गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमै सम्भावनाहरुको खोजी गरी विदेशमा गएकाहरुलाई पनि आफ्नै देशमा आउँ-आउँ लाग्ने बताउनुपर्ने भन्दै तिन वटै सरकारको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
मातृभूमिप्रतिको माया सबैलाई हुने बताउँदै अहिले भारत जस्ता देशहरुबाट पनि पलायन जनशक्ति त्यहाँ फर्किरहेको उदाहरण दिँदै नेपालमा पनि सम्भावनाहरुको खोजी गरि विदेशमा भएको जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्थानीयतह र जनप्रतिनिधिहरुको पहिलो कर्तव्य नै आफ्ना नागरिकहरुको सुरक्षा रहेकाले त्यसतर्फ आफुहरु सचेत रहेको बताउनुभयो ।
विदेशमा जानै पर्ने भएमा त्यससम्बन्धि सम्पूणर् जानकारी र सीप सिकेर मात्र जानुपर्ने बताउँदै वैदेशिक रोजगारीमा जाने श्रमशक्तिलाई सीपयुक्त बनाउन र उनीहरुले पठाएको रेमिट्यान्सलाई सुरक्षित लगानी गर्ने वातावरण बनाउनुपर्नेमा सबैको जोड हुनुपर्ने उल्लेख गर्नुभयो । नगरपालिकाले सुरक्षित आप्रवास (सामी) परियोजना अन्गर्तगत जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र सहायकता कक्ष सञ्चालन गरेको छ । सो स्रोत केन्द्रबाट जिल्लाका सबै पालिकाका नागरिकहरुले सेवा लिइरहनुभएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने पक्षहरुलाई जिल्ला प्रशासनमा रहेको सुरक्षित आप्रवासनको स्रोत केन्द्रबाट राहदानी बनाउँदा आउँनेहरुलाई जानकारी प्रदान गर्ने गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले वैदेशिक रोजगारले समाजमा पारिवारिक विचलन लगायतका विभिन्न समस्या समेत निम्ताएकाले वित्तिय सारक्षरता लगायतका विषयमा थप उनीहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातयात व्यवस्था मन्त्रालयका टुकराज पाण्डेले जनताका समस्यालाई समाधानका लागि जनप्रतिनिधि नै प्रमुख नेतृत्वकर्ता भएकाले यसतर्फ बिशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा जाने तथा रोजगारीपछि फर्किएकाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा स्थानीय तहको भूमिका महत्वपूणर् हुने संवैधानिक व्यवस्था रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना लुम्बिनी प्रदेशका कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरीले बताउनुभयो ।
वैदेशिक रोजगारीको अवस्था, अवसर, समस्या तथा समाजमा पारेको प्रभाव, वैदेशिक रोजगार सम्बन्धि कानुनी प्रावधानहरु, आप्रवासी स्रोत केन्द्रको आवश्यकता र भूमिका तथा वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवाहरुका विषयमा सहभागीहरुलाई जानकारी गराउँदै चौधरीले स्थानीय तहले रोजगार तथा बेरोजगारको श्रमशक्तिको तथ्याङ्क संकलन्, प्रशोधन र सूचना प्रणालीको व्यावस्थापन, वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्कको संकलन तथा व्यवस्थापन, रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा संञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताउँदै सामी परियोजनाले पनि सोही विषयमै काम गरिरहेको बताउनुभयो ।
यस्तै वैदेशिक रोजगारमा जाने श्रमशक्तिलाई वित्तीय साक्षरता र सीपमूलक तालिम सञ्चालन, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुनःएकिकरण, वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र उद्यमशिलताको उपयोगका विषयमा स्थानीय तहले विशेष ध्यान पुर्याउनुपर्ने समेत उल्लेख गर्नुभयो ।
नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षता समन्वय प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र सलामी, तथा जिल्लाका सबै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष लगायतको सहभागिता रहेको कार्यक्रममा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत पिताम्बर पन्थीको सञ्चालन रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच