लण्डन । लिभरपुल इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टहृयामलाई पाँच–एकको फराकिलो अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । लिभरपुलका लागि कार्टिस जोन्सले दुई, डोमिनिक सोबोस्लाइ, कर्टिस जोन्स, कोडी गाक्पो, मोहम्मद सलाहले समान एक गोल गर्नुभयो । सोबोस्लाइले २८ मिनेटमा करिब २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभएको थियो । जोन्सले ५६ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ७१औँ मिनेटमा गाक्पोले गोल गर्नुभयो ।
जारोड बोवेनले ७७औँ मिनेटमा वेस्टहृयामका लागि गोल गर्नुभयो । ८२औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले अन्तर बढायो । ८४औँ मिनेटमा जोन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पाँच-एकको जित निकाल्यो । लिभरपुलले सेमिफाइनलमा फुलहमसँग पहिलो लेग जनवरी ८ मा खेल्नेछ ।
यता स्पेनिस सुपर लिगमा बार्सिलोनाले अल्मेरियाविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । अल्मेरियाविरुद्ध बार्सिलोनाले तीन–दुईको जित निकाल्दा सर्जी रोबर्टाे तथा राफिन्हाले एक गोल गर्नुभयो ।
इल्काए गुन्डोगानको कर्नर किकमा रोनाल्ड आराउजोको हेडर अल्मेरियाका गोलरक्षक म्याक्सिमिआनोले बचाए पनि रिबाउन्डमा आएको बललाई राफिन्हाले पोस्टको दिशा दिनुभएको थियो । तर, ४१औँ मिनेटमा अल्मेरियाले खेलमा बराबरी गोल गर्यो । डिफेन्स लाइनमा आराउजोले बल गुमाएपछि लियो बाप्टिस्टाओले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ६०औँ मिनेटमा बार्सिलोनाले खेलमा पुनः अग्रता लियो । राफिन्हाको कर्नरमा सुन्दर हेडर प्रहार गर्दै रोबर्टोले खेलमा आफ्नो टोलीलाई अग्रता दिलाउनुभयो ।
तर, त्यसको ठीक १० मिनेटपछि एडगर रोड्रिगेजले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याउनुभयो । ८२औँ मिनेटमा बार्सिलोनाले तेस्रो गोल गर्दै जित निश्चित गर्यो । रोबर्ट लेवान्डोस्कीको पासमा रोबर्टाेले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीको जित निश्चित भयो ।
जितपछि बार्सिलोना १८ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको जिरोनाको ४४ र दोस्रो स्थानको रियल म्याड्रिडको ४२ अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच