म्युनिख डेब्युमा केनको गोल

Read Time = 1 min

म्युनिख । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखबाट डेब्यु गर्नुभएका इंग्लिस फरवार्ड हृयारी केनले पहिलो खेलमै गोल गर्नुभएको छ । म्युनिखले वेर्डर ब्रेमेनलाई ४-० को फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गर्दा हृयारी केनले १ गोल गर्नुका साथै एक गोलमा सहायकको भूमिका निर्वाह गर्नुभयो ।

त्यस्तै, लेरोय सानले २ तथा म्याथिस टेलले १ गोल थप्नुभयो । खेलको चौथो मिनेटमा केनले मिडफिल्डबाट दिएको उत्कृष्ट पासमा सानेले गोल गर्दै म्युनिखलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको ७०औँ मिनेटमा केनले दोस्रो गोल गर्नुभयो ।

उहाँले अल्फोन्सो डेभिसको पास नियन्त्रणमा लिँदै गोल गर्नुभएको थियो । ८४औँ मिनेटमा मुलरको पासमा सानेले गोल गर्नुभयो । इन्जुरी समयमा डेभिसकै पासमा टेलले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै म्युनखिलाई ४-० को जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?