काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा लगातार उत्कृष्ट प्रदर्शन जारी राख्नुभएको छ । बुधबार राती भएको खेलमा दीपेन्द्रले टोलीका लागि सर्वाधिक स्कोर गर्नुभयो । त्यसका बाबजुद उहाँको टोली ब्राम्पटन वल्भ्ससँग १५ रनले पराजित भएको थियो । जितका लागि १४३ रनको विजयी लक्ष्य पछ्याएको मोन्टरियल टाइगर्स १९.१ ओभरमा १२८ रनमा अल आउट भयो ।
नेपालका दीपेन्द्रले २४ बलमा २ चौकासहित २८ रन बनाउनुभयो । जुन टोलीका ब्याटरहरूले बनाएको सर्वाधिक स्कोरमध्येको एक हो । त्यस्तै, बंगलादेशका अलराउण्डर सकिब अल हसनले २१ बलमा ४ चौका र १ छक्कासहित २८ र दीलप्रित सिंहले २४ रन बनाउनुभयो । ब्राम्पटनका लोगन भान बिकले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै, कोलिन डि ग्राण्डहोम र शाहिद अहमाड्जाइले समान दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्राम्पटन १९.५ ओभरमा १४३ रनमा अल आउट भयो । उसका लागि कोलिन डि ग्राण्डहोमले ४० बलमा ७ चौका र १ छक्कासहित ५६ रन बनाउनुभयो । त्यस्तै, ओपनर उस्मान खानले २१ बलमा ६ चौकासहित ३३ र मार्क च्यापम्यान २१ रनमा आउट हुनुभयो ।
टाइगर्सका कार्लोस ब्रेथवेटले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट लिनुभयो । आयन खानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिनुभयो । दीपेन्द्रले २ ओभरमा २० रन खर्चिनुभयो । यसअघि मोन्टिरियलले भ्यानकुभर नाइट्सलाई ६ विकेटले पराजित गर्दा दीपेन्द्रले अलराउण्डर प्रदर्शन गर्दै मोमेन्ट अफ द गेम अवार्ड जित्नुभएको थियो । अब दीपेन्द्रको टोलीले शनिबार साँझ टोरोन्टो नेशनलसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच