सन् २०१९ को अन्तिम महिना डिसेम्बरको १ तारिकमा नै कोभिड पहिलो घटना नेपालको उत्तरी छिमेकी राष्ट्र चीनको बुहानमा देखा पर्यो । यो विक्रम संवत् २०७६ को मंसिर १५ गते थियो । त्यसको करिव १ महिनापछि नेपाल ‘नेपाल भ्रमण वर्ष २०२०’को भव्य उद्घाटन गर्दै थियो । विश्व बैंकको तथ्यांक अनुसार सन् २००५ देखि नै नेपालको कुल गाहस्थ्र्य उत्पादनको वृद्धिको प्रतिशत नकारात्मक छ । बीचका कुनै बर्षहरूमा सकारात्मकता नदेखिएका होइन ।
करिब १९ वर्षमध्ये ११ वर्षका वृद्धि नकारात्मक देखिएको छ । अर्थात् कोभिडको प्रकोप नेपालमा सुरु हुनुभन्दा धेरै पहिलेदेखि नेपालमा आर्थिक संकट आउ“दैछ भन्ने संकेत प्रकट भइसकेका थिए । कोभिडको कारणले अर्थतन्त्रमा केही टेवा दिने आश गरिएको नेपाल भ्रमण वर्ष अर्थात्् ‘भिजिट नेपाल २०२०’ असफल भयो । यसले नेपाल भ्रमण वर्षको तयारीको निमित्त पर्याटन सम्बन्धित व्यवसायीको लगानी डुब्न गयो । यसले पहिलेदेखि संकटान्मुख अर्थतन्त्र अधोगतिमा लाग्ने गति तीव्र भने पारेको हो ।
वर्तमानमा नेपालको आर्थिक अवस्थालाई कोभिडको कारणले भएको भन्ने तर्कहरू बाक्लै सुन्न पाइन्छ । कोभिडका कारणले सबै कृयाकलाप बन्द गर्नुपरेको अवस्था विश्वमा अहिले छैन । यस्ता विश्वलाई नै ठप्प पार्ने वैश्विक महामारीले विश्व अर्थतन्त्र लड्खडाउनु स्वभााविक हो । विकासक्रममा मानव समाज विकटभन्दा विकट समस्यासँग हारेर बसेको छैन । विकटता विषमता सबैसँग पौठाजोरी खेल्दै अस्तित्वको संघर्षमा आफूलाई योग्य सावित गर्दै आएको छ । महिनौका अझ भनौं वर्षौको बन्दाबन्दी जस्तो कठिनाइसँग पौठाजोरी खेल्दै विश्वका धेरै मुलुकले आफ्नो अर्थतन्त्र सम्हालेका छन् ।
नेपालमा उत्पादन लागतमा कटौती हुन्छ र आफ्नो नाफामा वृद्धि हुन्छ भनेर आएका बहुराष्ट्रिय कम्पनीहरूले अर्थतन्त्र केही चलायमान भने बनाएका हुन् । यसैले उत्साहित भएर सरकार वैदेशिक लगानी बढाउन प्रयत्नशील भएको छ ।
सकारात्मक वृद्धितर्फको यात्रा सुरु गरिसकेका छन । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई उकालो लगाउन थालेका छन्, जसले उकालो लगाउन सकेको छैन उसले थप ओह्रालो लाग्न दिएको छैन । तर, अपवादमा नेपालजस्ता केही मुलुक छन् जो कोभिडलाई देखाएर आफ्नो अर्थतन्त्र ओह्रालो लागेको कुरालाई उचित ठहर्याउन लागेका छन् । यस्ता मुलुकहरूमा अर्थतन्त्र ओह्रालो लाग्ने क्रम कोभिडभन्दा धेरै पहिलेदेखि आरम्भ भइसकेको पाइन्छ । आधारभूत उत्पादन, सहायक उत्पादन अनि सेवा व्यवसायले गरेको कामलाई भाववाचक रूपमा उत्पादन मान्ने गरिन्छ तर हरेक किसिमका उत्पादनको अ-आफ्नो मान्यताक्रम हुन्छ जो अर्थनीति तय गर्ने अधिकार पाएकाले, अर्थनीति बनाउने जिम्मेवारी भएकाहरूले ध्यानमा राख्नुपर्ने हुन्छ । यसो नभएमा सुरुमा तीव्र आर्थिक विकास देखिएमा पनि कालान्तरमा त्यसको दुष्परिणाम देखिन्छ । प्रयत्न हुनुपर्दछ कि आवश्यक हरेक उत्पादनमा सम्भव भएसम्म पहिले आत्मनिर्भर बनौं । पहिले आन्तरिक खपतको निमित्त गर्नुपर्ने आयात कम गरौं अनिमात्र निकासीको बारेमा सोचौं भन्ने सोच विकास हुनै पर्दछ ।
सेवा व्यवसायरूरु अन्य उत्पादनले वा अन्य कार्यले आम्दानी गरेर पैदा भएको क्रयशक्तिमा निर्भर गर्दछ । त्यस्तै सहायक उत्पादन आधाभूत उत्पादनमा भर पर्दछ । विदेशलाई लक्षित गरेर गरिएको उत्पादनको कमाइ विदेशी बजारले नियन्त्रण गर्दछ । वर्तमानमा नेपालले धेरै कम वस्तुमात्र वैदेशिक बजारमा पठाउने गर्दछ । उत्पादनको रूपमा निम्नदेखि उच्च स्तरसम्मको श्रमको निर्यातले नेपालको कुल गाहस्थ्र्य आम्दानीमा (उत्पादनमा होइन) ठूलो योगदान गरेको छ । विगतमा तयारी पोशाक अर्थात गार्मेन्ट, गलैंचा अर्थात् कार्पेट उद्योगहरू कमाइका निमित्त आकर्षक उद्योग थिए । विदेशी बजार लक्षित यस्ता उत्पादनहरू विदेशी बजारले आफ्नो नीति अलिकति फरक पार्ने बित्तिकै समाप्तिको करिब पुगेका छन् । यसले केवल त्यस्ता उद्योग र उद्योगपतिलाई मात्र असर पुगेको छैन मुलुकको अर्थतन्त्रलाई पनि असर परेको छ । विदेशी बजार र विदेश निर्यातले राम्रो मूल्य पाउन सकिने भनेर उत्प्रेरित गरेका कतिपय कृषिजन्य उत्पादहरूका उत्पादक कृषकको कथा व्यथा आफ्नै छ ।
नेपालमा उत्पादन लागतमा कटौती हुन्छ र आफ्नो नाफामा वृद्धि हुन्छ भनेर आएका बहुराष्ट्रिय कम्पनीहरूले अर्थतन्त्र केही चलायमान भने बनाएका हुन् । यसैले उत्साहित भएर सरकार वैदेशिक लगानी बढाउन प्रयत्नशील भएको छ । ती कम्पनीहरूले पैदा गरेका रोजगारीको अवसर, त्यस्ता कम्पनीको उत्पादनले आर्जन गरेको विदेशी मुद्राको मात्रा अनि सिधा वैदेशिक लगानीको रुपमा मुलुकभित्र आउने वा आएका वैदेशिक मुद्राका मात्राको पनि विवेचन आवश्यक हुन्छ । वैदेशिक लगानी आकर्षित गर्ने प्रयत्नमा स्वदेशी लगानीको वातावरणलाई कस्तो असर परेके छ भन्ने कुरामा ध्यान पुर्याएकै मान्नुपर्दछ । तर के त्यो आकलन सही थियो त भन्नलाई नेपाली उद्योगीहरूको क्रन्दन पनि सुन्नुपर्ने हुन्छ । उद्योग संगठन मोरङले आफ्ना सदस्य उद्यमीहरूको पीडा सरकारसम्म पुर्याउन केही जमर्को गर्दैगरेको भेटिन्छ । कुनै न कुनै रूपमा मुलुकका यस्ता सबै संगठन, उद्योगी व्यापारी आदिले क्रन्दन गरिरहेकै छन ।
निजी क्षेत्रको कुरा सुन्ने कि निजी क्षेत्रलाई थुन्ने भनेर अभियान सुरु गरेको उद्योग संगठनले न्युजलेटरमार्फत जस्ता तथ्यांकहरू सार्वजनिक गर्दैछ त्यसले नेपाली अर्थतन्त्रको विकारल स्थिति देखाउँछ । अर्थ मन्त्रालयको तथ्यांक भनेर दिइएको तथ्यांकमा २०५५ देखि नै निरन्तर चालुखर्च र पुँजीगत खर्चको अनुपातको अन्तर फराकिँदै गएको छ । २०५०-५१ देखि नै बजेटमा चालु खर्चको प्रतिशत पुँजीगत खर्चभन्दा धेरै हुँदै गएको छ । वर्तमानसम्म आइपुग्दा त चालु खर्च नै ८० प्रतिशतको हाराहारीमा पुगेको छ ।
अहिलेसम्म पनि नेपालको मुख्य उत्पादन भनेको कृषि र कृषिमा आधारित उत्पादन नै हो । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो योगदान अहिले कृषिले नै दिएको छ । यो निर्वाहमुखी उत्पादनको आधिक्य भएको वर्तमान अवस्थाको कुरा हो तर त्यो उत्पादनले गार्हस्थ खपत धान्न सकेको छैन ।
यी र यस्तै अत्यस लाग्दो तथ्यांकहरूको स्रोत सरकारी छन् । अर्थात् आर्थिक नीति निर्माण गर्ने जिम्मेवारलाई यो कुरा जानकारीमा छ । यो सबै कुराको दोष भने एकोहोरो रूपमा वैश्विक महामारीलाई नै बोकाइने गरेको पाइन्छ । विगतका धेरै वर्षदेखि नै आर्थिक सूचांकले अर्थतन्त्रमा संकट आउने कुराको संकेत गर्दा त्यो कुरा केवल कोभिडको कारणले मात्र भएको भन्नु कत्तिको जिम्मेवारीपूर्ण सोच हो, विवेचनको आवश्यकता छ ।
विश्वकै अर्थतन्त्र कोभिडका कारणले डावाँडोल भएको र त्यसले नेपालमा असर परेको भन्ने मान्दा विश्वको अर्थतन्त्रमा भएको क्रमिक सुधारको असर भने किन नपरेको भन्ने प्रश्न अनुचित छैन । श्रीलंकाको आर्थिक कारणले घटेको त्यो डरलाग्दो घटनापछि त्यहाँको स्थितिमा उल्लेख्य सुधार आएको छ । नेपालमा त्यस्तो घटना भएको छैन अर्थात् श्रीलंकाभन्दा राम्रो स्थिति थियो भने नेपालको स्थिति भने दिन परदिन किन खस्केको छ ? नेपालमा एक भाष्य निर्माण भएको छ कि यहाँ मुख्य उत्पदन प्रणाली निर्वाहमुखी छ । अहिलेसम्म नेपालको मुख्य उत्पादन भनेको कृषि र कृषिमा आधारित उत्पादन हो । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो योगदान अहिले पनि कृषिले दिएको छ । यो निर्वाहमुखी उत्पादनको आधिक्य भएको वर्तमान अवस्थाको कुरा हो तर त्यो उत्पादनले गार्हस्थ खपत धान्न सकेको छैन । कुनै उत्पादनमा आत्मनिर्भर हुन नसक्नु अपराध होइन, गल्ती होइन तर आत्मनिर्भर हुने प्रयत्न नगर्नु भने एक प्रकारको अपराध नै हो ।
आर्थिक नीतिमा, हरेक वर्षका बजेटमा कृषि क्षेत्रको निमित्त आकर्षक नाराहरू आउने गर्दछ । सरकारले कृषिको निमित्त भनेर प्रसस्त अनुदान पनि बाँढने गर्दछ । यत्रो प्रयत्न हुँदा पनि प्रतिफल पाएको छैन, स्थितिमा सुधार छैन भने के ती नारा, ती नीतिहरू पुनरावलोकन गर्न आवश्यक छैन र ? कहिले भूमि बैंकको सपना, कहिले उत्पादनमा अनुदानका मिठा कुरा कहिले फसल बीमा जस्ता सपना प्रत्येक वर्ष बाँढिने गर्दछन् । यत्रो सपना, योजनाहुँदा किन कृषक अर्थात् कृषि उद्योगी कृषिबाट पलायन हुन खोज्छ ? वर्तमानमा हरेक उद्योग, हरेक व्यापार आफ्नो न्यूनतम क्षमतामा चलेर अनुकूल अवस्थाको पर्खाइमा छन् ।
उनीहरू अनुकूल अवस्था आएमा फेरि आफ्नो पूर्णक्षमतामा चल्न सक्छन् तर कृषिको हकमा यो कुरा लागू हुँदैन । एक पटक पलायन भएको कृषि उद्यमी फेरि कृषिमा फर्कर्ने कुरा अत्यन्त दुर्लभ छ । त्यसको ठाउँमा कृषिको अनुभव नै नभएका कृषिकार्यमा कुनै योग्यता नै नचाहिने भन्ने व्यक्तिहरू कृषि क्षेत्रमा आउँछन् । अनि कृषि पर्याटन, विदेश निकासी जस्ता योजना लिएर आउने यस्ता उद्यमी कमै सफल हुने गर्दछन् । कृषि क्षेत्र नै यस्तो क्षेत्र हो जसले प्रचुर असंगठित रोजगारी पैदा गर्दछ । त्यो रोजगारीले जनताको बढेको क्रयशक्तिले अन्य उद्योग व्यापारले बजार पाउँछ । यसको निमित्त आत्मनिर्भरता चाहिन्छ । त्यो चाहे व्यावसायिकताले आओस् वा स्वउत्पादनले ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच