काठमाडौं । उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुनेभएको छ । प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराउनुभयो ।
प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाईमा हुने डाना कप यु-१६ फुटबल प्रतियोगितामा सहभागी गराइने नेफका सचिव टंककुमार चापागाईंले बताउनुभयो । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजकसमेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई ऋतमा प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने ऋतका संयोजक खेमनाथ पौडेलले जानकारी दिनुभयो । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुनेछ ।
पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू चाबहिल गणेशथान मैदानमा खेलाइनेछ । पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, एनप्याब्सन बागमतीका उपाध्यक्ष डिएन महतो र नेफका सदस्य सुगन्धराज रेग्मीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच