गण्डकी र एपीएफ सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गण्डकी प्रदेश र विभागीय नेपाल एपीएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’को विजेता तथा एपीएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रहृयो । समूह ‘ए’बाट आयोजक किङ्स क्लब काठमाडौं र समूह ‘बी’बाट नेपाल पुलिस क्लब उपविजेता बनेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा समूह चरणको अन्तिम खेलमा गण्डकीले खोटाङ राष्ट्रिय युवा संघलाई २५-१७, २५-१५ र २५-१३ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । गण्डकीले तीन खेलबाट आठ अंक बटुल्यो ।

यस्तै बिहीबारै भएको अर्काे खेलमा एपीएफले दोहोरो जित दर्ता गर्दै समूह विजेता बन्यो । बुधबार हुनुपर्ने खेल खराव प्रकाश (लाइट प्रोटेष्ट) कारण रोकिएपछि आज हुँदा एपीएफले पुलिसमाथि एपीएफले २५-१०, १५-२५, १५-२५, १८-२५ र १०-१५ को सेटमा पराजित गर्न सफल भयो । अर्काे खेलमा नेपाल गणतान्त्रिक महासंघलाई १६-२५, २५-१३, २१-२५, २५-१६ र १५-१० को सेटमा हरायो । यस जितले एपीएफले तीन खेलबाट सात अंक जोड्यो ।

एपीएफसँगको खेलपछि पुलिसले कोशी प्रदेशलाई २५-२१, २५-१५ र २५-२० को सोझो सेटमा हरायो । पुलिससँग पराजित हुनुअघि कोशीले गणतान्त्रिक महासंघलाई २२-२५, २५-२३, १८-२५, २५-१८ र १५-१२ को सेटमा हराएर पहिलो जित दर्ता गर्न सफल भएको छ ।

यस्तै आयोजक किंग्स क्लब काठमाडौंले जीएम समाजलाई २५-२०, २५-१९ र २५-२० को सोझो सेटमा हराएर समूहमा दोस्रो जित निकालेको छ ।

यस प्रतियोगितामा गत महिना किर्गिस्तानमा सम्पन्न काभा नेसन्स लिगमा सहभागी भएका राष्ट्रिय टोलीका १२ खेलाडी खेलेका छैनन् । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक लाख एक हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ५० हजार पाँच सय र चौथो हुनेले २२ हजार दुई सय रुपैयाँ, कप र प्रमाण्पत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले आठ हजार रुपैयाँ तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?