उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडी बढ्नुपर्छ : चन्द्र भण्डारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताउनु भयो ।

उहाँले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गर्नुभयो । उहाँले केन्द्रिय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाई खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् । विचारका कुरा अगाडी ल्याउनुस् । कसैले केही गरेर हुन्न । समयले तपाईहरु युवाहरुको स्वागत गर्नका लागि पर्खिरहेको छ । हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, आदरणिय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ । ८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरुले नेतृत्व लिनुप¥यो । भलै मैले चुनाव हारिसके । हामी तपाईहरुको पछाडी छौँ । तपाईहरुको सहयोगी छौँ । तर तपाईहरु अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेण्डा तयार गर्नुस् । तबमात्रै काँग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिदैनँ । बिपी कोईराला त एक्लै पुग्न सक्नुभएन । जोसँग सबैकुरा थियो । मैले आज युवा तरुण साथीहरुलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रिय समिति बन्यो, सदस्यहरु बने आफ्नै कनिकहरुको बारेमा लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरुले भोली अरुको प्रतिनिधित्व गर्न सक्दैनँ । भाषण गरेर हुँदैन । उत्तर दिएर हुँदैन । अब त प्रश्न गर्न जान्नुपर्छ । यो जमाना आयो ।’

उहाँले टिम नै बनाएर अगाडी बढ्न पनि आग्रह गर्नुभयो । टिम बनाएर अगाडी बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?