काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा रहेको सामाजिक संस्था नेपाल पूजा प्रतिष्ठानले ललितपुरको एक विद्यालयमा झोला वितरण गरेको छ । प्रतिष्ठानले बागमती-५ इकुडोल, माझखण्डमा रहेको श्री शारदा शिक्षा सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई झोलालगायतका सामग्री वितरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष कविन्द्रप्रसाद पौड्याल नेतृत्वको टोलीले सोमबार विद्यालयमै पुगेर झोला वितरण गरेको संस्थाका कोषाध्यक्ष विजय गौतमले जानकारी दिनुभयो ।
प्रतिष्ठानका तर्फबाट गएको टोलीलाई विद्यालयमा भव्य स्वागत गरिएको थियो । विभिन्न दाता व्यक्ति एवं प्रतिष्ठानको आफ्नै खर्चमा विद्यार्थीलाई सहयोग गरिएको कोषाध्यक्ष गौतमले जानकारी दिनुभयो । प्रतिष्ठानले विद्यालयका १२५ जना विद्यार्थीलाई ४४ हजार बराबरको सामग्री वितरण गरेको हो । प्रतिष्ठानले बेला-बेलामा दुर्गम भेगलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन एवं सहयोग गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच