‘सरी मम’को दर्शकलाई अफर

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘सरी मम’को निर्माण टिमले चलचित्र हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ । निर्माण कम्मपनी एनएफआई क्रियशनले टिकटक प्रतियोगितासहित विभिन्न अफर ल्याएको हो । आमा र छोराको प्रेमलाई देखाउँदै चलचित्रसँग सम्बन्धित हुनेगरी टिकटक बनाउने दर्शकलाई ५० हजार पुरस्कार दिने घोषणा गरिएको छ ।

‘हृयाजट्याग सरी मम’ र ‘एनएफआई’सहित टिकटक बनाउँदा धेरै लाइक पाउनेले २५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिइनेछ । यो ‘अफर’ माघ महिनाभर लागू हुने निर्माता विनोद लामाले बताउनुभयो ।

चलचित्र माघ ५ गते यही बिहीबारदेखि काठमाडौं उपत्यकाका सिनमोघरमा आउँदै छ । चलचित्रको दुईवटा टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने भएका छन् । चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशक नवीन बोगटीले बताउनुभयो । त्यस्तै, वसुन्धरामा रहेको चिरायू अस्पतालले चलचित्र हेरिसकेर टिकटको ‘कपी’ लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि दिने भएको छ ।

आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको यो चलचित्रको कथाले किशोरावस्था उमेर लक्षित कुलतविरुद्धको सन्देश भन्छ । पहिलो चरणमा उपत्यका अन्तर्गतका सिनेमाघरमा मात्रै चलचित्र लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा चलचित्रलाई पु¥याउने निर्माण टिमको योजना छ ।

चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायता कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?