काठमाडौं । उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘मेघमानव’ उपन्यास बिहीबार एक कार्यक्रमबीच लोकार्पण भएको छ । नेपाली लेखक संघको आयोजनामा आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लब्ध प्रतिष्ठि व्यक्तित्वहरूबाट सो उपन्यास ‘मेघमानव’को सामूहिक रूपमा लोकार्पण भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा.गौतमले उपन्यासमा धेरै कुराहरू चाहिन्छ र एउटा नभई नहुने कुरा भनेको कल्पनाशीलता हो जुन कुरा मेघमानवमा प्रचुर रूपमा रहेको भन्दै सानै उमेरमा अरू विधामा कृति निस्केको थाहा थियो तर उपन्यास निस्केको थाहा थिएन, जुन कुरा अर्चितबाबुले पूरा गरिदिएको बताउनुभयो । कार्यक्रममा समालोचकीय मन्तव्य व्यक्त गर्दै डा.शैलुन्दुप्रकाश नेपालले अर्चितबाबुले सानै उमेरमा देशको राजनीतिक, सामाजिक एवं ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यासमार्फत प्रस्तुत गरेर एउटा अभिलेख खडा गरेको बताउनुभयो ।
त्यसैगरी, अर्का समालोचक डा.अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको बताउनुभयो । उपन्यासकार अर्चितबाबु मर्सिफुलले आफ्नो लेखनयात्राबारे चर्चा गर्दै दन्त्यकथा कथा महाभारत जस्ता कथाहरू सुनेर आफू प्रभावित तथा प्रेरित भएको कुरा बताउँदै पहिलो उपन्यास लेखन र प्राप्त हौसलाबाट मेघमानव लेख्न सफल भएको बताउनुभयो ।
उक्त कार्यक्रममा अर्चितबाबुले आफ्नो उपन्यासमा विज्ञान, पौराणिक घटना र लोककथालाई मिलाएर बेग्लै संसारको कल्पना गरेको अनुभव सुनाउनुभयो । यस कृतिमा लेखकको सिर्जनशीलताको गहिराइ भेटिने उहाँहरूको टिप्पणी थियो । बाह्र वर्षकै उमेरमा ‘पञ्चमणि’ नामक उपन्यास लेखेर प्रकाशन गरेका अर्चितबाबु मर्सिफुलको यो दोस्रो उपन्यास हो ।
नेपाली लेखक संघका केन्दीयय अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्व भएको कार्यक्रमा श्रेष्ठले संसारमा सानै उमेरमा धेरै प्रतिभाहरू उदाएका छन्, कसैले उचित मौका र स्थान प्राप्त गर्न सकेका छन् त कसैले सकेका छैनन् भन्दै अर्चितबाबुको हकमा उनका अभिभावकले त्यो मौका उपलब्ध गराएको बताउनुभयो । प्रस्तुत उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढंगले सामाजिक एवं राजनीतिक विषयवस्तुलाई उठाएको विषय बताउनुभयो । हाल कक्षा १२ मा अध्ययनरत मेधावी छात्र अर्चितबाबुको दोस्रो उपन्यास मेघमानव सार्वजनिक भएको हो ।
कार्यक्रममा अन्य साहित्यकारहरू पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँ, डा.नवराज लम्साल, नरेन्द्रबहादुर श्रेष्ठ, कलानाथ दाहाल, तुलसीहरि कोइराला, युवराज मैनाली, शंकर भारती, वियोगी बुढाथोकी, जयदेव भट्टराई, नरेन्द्र पौडेल, सन्ध्या पहाडी, गोकुल अधिकारी, दुर्गाकिरण तिवारी, मन्दिरा मधुश्री, मुकुनदलगायत अन्य साहित्यप्रेमी तथा पारिवारिक सदस्यहरू उपस्थिति रहेको थियो । उपस्थित साहित्यकारहरूले उपन्यासकार अर्चितबाबुका आउँदा दिनहरूमा अझै कलम तिखारिँदै जावोस् र उनीद्वारा लिखित थप अरू उपन्यास पनि अविरल यसरी नै बजारमा आइरहुउन्, पढ्न मौका पाइरहूँ भन्दै उनको जीवनमा थप अझै लेखन क्षेत्रमा सफलताको शैल चुलिरहोस् भन्दै शुभकामना दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल तथा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव दिलिप पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डा.रत्नमणि नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो भने युनिग्लोब कलेजका एक्जुकेटिभ डाइरेक्टर मनसुन केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम युनिग्लोब कलेज कमलादीको सभाहलमा भएको थियो । कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच