वासिंटन डिसी/हिटा । गीतकार एवं गायिका पुष्पा खनालको गीत ‘प्यासी’ विश्वका उत्कृष्ट दश गीतमा चयन हुन सफल भएको छ । वल्र्ड सङ राइटिङ अवार्ड अमेरिकाले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा खनालको उक्त गीत उत्कृष्ट १० मा पर्न सफल भएको हो । वल्र्ड सङ राइटिङ अवार्ड अमेरिकाले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो । विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ट १० मा परेको हो ।
सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनानुभएको थियो । ‘यो मेरो पहिलो सहभागिता थियो, उत्कृष्ट १० मा पर्न सफल भए । म निकै खुशी छु । नेपाली गीतले वल्र्ड अवार्ड पाउँन लागेको खबर सवै नेपाली दिदीबहिनी–दाजुभाइसँग बाँडन पाउँदा मेरो खुशी हिमाल झैँ चम्केको छ’, पुष्पाले भन्नुभयो ।
तीन दशकदेखि गीत र कविता लेख्दै आउनुभएकी पुष्पाका दुई गीतसंग्रह, दुई एल्बम र सयौं फुट्कर गीत तथा कविता प्रकाशित छन् । डि पुष्पाज क्रियशन नामको युट्युब च्यानलमार्फत उहाँले वाचन गरेका डा.दामोदर पुडासैनी किशोरको ‘ग्रीष्मको नीलो वतास’ र ‘डोल्पो ओ डोल्पो’ जस्ता पुस्तकहरूको इबुक विश्वका धेरै श्रोताले मन पराएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच