काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय समाजसेवा सम्मान- २०८०’ बाट सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले आयोजना गरेको दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड कार्यक्रममा सामाजिक अभियन्ताको रूपमा क्रियाशील रही समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै खनाललाई सम्मान गरिएको हो ।
‘तपाईं लामो समयदेखि सामाजिक अभियन्ताको रूपमा क्रियाशिल हुनुहुन्छ । २०६५ सालदेखि समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । राकेडेफोन नामको संस्थाबाट समाज सेवाको यात्रा सुरु गर्नु भएको यहाँले त्यसपछि आफ्नै ‘एसिएमएन फ्रान्स’ नामको संस्था दर्ता गरेर नेपालमा अनाथ बालवालिकाहरूलाई पूर्ण छात्रवृत्तिसँगै पठनपाठनमा निरन्तर सहयोग गर्नु भयो । सामाजिक कार्यकै कारण तपाईंको संस्था समेत लोकप्रिय रहेको छ ।
यसरी यहाँ निरन्तर सामाजिक कार्य गरेर कुशल सामाजिक अभियान्ताको रूपमा परिचित हुनु हुन्छ । यहाँको सामाजिक कार्य प्रशंसनीय छ । यहाँको यहि योगदानको उच्च मूल्यांकन गर्दे यस अग्लेश्वरी हिल्स विकास कोषद्वारा आयोजित ‘दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड-२०८०’ को अवार्ड तथा सम्मान समारोहमा तपाईंलाई ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय समाज सेवा सम्मान-२०८०’ बाट सम्मानित गरिएको छ ।’ खनाललाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली, अग्लेश्वरी हिल्स विकास कोष तथा दोस्रो जीवन्त नेपाल म्युजिक अवार्डका अध्यक्ष सिजम सिंजाली र रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले खनाललाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।
Great