
कालीकोट । महिनावारी स्वच्छता व्यवस्थापन तथा विद्यालय खानेपानी सरसफाइ परियोजनाअन्तर्गत कालीकोटका ६ वटा आधारभूत विद्यालयमा खानेपानी लैंगिकमैत्री र छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । कालीकोटका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय नजाने समस्या र विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण विद्यालय नआउने भएपछि उनीहरूको समस्यालाई मध्यनजर गर्दै महिनावारी स्वच्छता व्यवस्थापन तथा विद्यालय खानेपानी सरसफाइ परियोजनाअन्तर्गत ६ वटा विद्यालयमा लैंगिकमैत्री र छात्रामैत्री शौचालय निर्माण गर्न लागिएको हो ।
विद्यालयमा लैंगिकमैत्री र छात्रामैत्री शौचालय निर्माण नहुँदा उनीहरूको अध्ययन प्रभावित, मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने ‘विद्यालयको शौचालय अत्यन्त फोहोर हुने लगायतका थुप्रै कारणले विद्यालयमा आउने किशोरीलाई निकै असहज हुने गरेपछि कालीकोटका विद्यालयमा यो कार्य अगाडि बढाइएको हो ।
प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान नसकिने कारणले गर्दा अधिकांश छात्राले विद्यालयसमेत छोड्ने गरेका छन् । यसको अन्त्यका लागि परियोजनाले आधारभूत विद्यालयमा शौचालय निर्माण कार्यलाई निरन्तरता दिएको परियोजना संयोजक ओमबहादुर थापा मगरले बताउनभयो ।
निर्माण हुनेमा मंगलासैनी माध्यमिक विद्यालय नरहरिनाथ गाउँपालिका-८ लालु, अम्बिका आधारभूत विद्यालय लुसा सान्नी त्रिवेणी-१, मष्टो सरस्वती मावि बुठ्ठिके सान्नी त्रिवेणी-२, मालिका आधारभूत विद्यालय उजेलगाउँ सान्नी त्रिवेणी-४, पञ्चदेवल मावि मेहेलमुडी सान्नी त्रिवेणी-६ र बडरूख आधारभूत विद्यालय सान्नी त्रिवेणी-६ मा लैंगिकमैत्री शौचालय, खानेपानी, महिनावारी स्वच्छता कक्ष निर्माणको काम भइरहेको छ ।
खानेपानी र सरफाइमा कमजोर सूचक देखिएका विद्यालयमा गाउँपालिकाको समन्वयमा शौचालय र खानेपानी निर्माण भइरहेकोे किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनुभयो । छात्रामैत्री शौचालय निर्माण भइरहेका विद्यालयमा सरफाइ फोकल शिक्षकसमेत तोकिएका छन् भने किशोरीलाई परियोजनामार्फत प्याड बनाउन सिकाइएको छ । ती विद्यालयमा गाउँपालिकाले पनि प्याड उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको बताइएको छ । यी ६ वटै विद्यालयमा एक करोडको लागतमा व्यवस्थित शौचालय निर्माण हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच