
सूर्यबहादुर मगर सिर्जनशील एवं उतसाहित युवा संगीत व्यवसायी हुनुहुन्छ । रामेछाप सांस्कृतिक कला साहित्य समाजका संस्थापक अध्यक्ष, संगीत विकास बचत तथा ऋण सहकारी संस्था लि.को पूर्वबोर्ड सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बस्तुगत परिषद् उपसभापति, संगीत तथा चलचित्र उत्पादक समाज नेपालको अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत र नेपाल संगीत उद्योग संघको अध्यक्ष रहनुभएका मगर सूर्य क्रियशन प्रा.लि.का प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । रामेछाप जिल्ला, रामेछाप नगरपालिका-७ मा बुबा गणेशबहादुर मगर र आमा स्व.सुनमाया मगरको कान्छो पुत्रका रूपमा जन्मिनुभएका सूर्य नेपाली गीतसंगीत डिजिटली रूपमा व्यवस्थित हुन नसक्दा नेपाली संगीत उद्योग संकटमा परेको धारणा राख्नुहुन्छ । बाल्यकालदेखि नै गीतसंगीतमा औधि रुचि राख्ने मगर, आफ्नो बाल्यकालको सपना पूरा गर्न मोडलिङबाट कला क्षेत्रको यात्रा आरम्भ गर्नुभएको थियो । उहाँले २०६० सालमा स्काई म्युजिक हुँदै २०६४ सालमा आफ्नै स्वामित्वमा रहेको सूर्य क्रियशन प्रा.लि.को स्थापना गर्नुभएका उहाँले ‘आफ्नो मन आफैंसँग ढाट्न नमिल्ने, लुकिछिपि चुपचाप के माया लगाउनु, नजाउ टाढा तिमीलाई, एकान्त प्यारो, तिम्रो साथ, कसले सुरुवात गर्यो होला माया भन्ने चिज, चोखो माया लाऊ साईला, मायाले बाटो नबारे, खुकुरी धारले भन्दा, काली-काली छौं दिलवाली जस्ता दर्जनौं सुपर हिट गीतहरू उत्पादन तथा बजार व्यवस्थापन गरेर नेपाली सांगीतिक क्षेत्रमा आफूलाई अबल निर्माताको रूपमवा स्थापित गर्नुभएको छ । नेपाली संगीत उद्योगमा समर्पित स्रष्ट्रा सर्जक, प्रस्तोता र संगीत तथा चलचित्र उत्पादकहरूको हकहित र अधिकारका लागि पनि सक्रिय रहँदै आउनु भएका सूर्यबहादुर मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला नेप्को इन्टरटेडमेन्ट म्युजिक अवार्ड-२०७९ को फाइनल तयारीमा जुटिरहेका छौं । नेपाल संगीत उद्योग संघको वार्षिक क्यालेण्डर अनुसार, अथक सान्त साधक विश्व नाथ केडिया तेस्रो (एएमआइएन) राष्ट्रिय म्युजिक अवार्ड र नेपाल संगीत उद्योग संघको स्मारिका भाग-२ को तयारी जुटिरहेका छौं । साथै नेपाली गीतसंगीत तथा चलचित्र निर्मातालाई डिजिटली विश्ववजारमा जोड्ने कार्यमा लागिरहेका छौं ।
तपाईंको कार्यकालमा भएका महत्वपूर्ण काम के कस्ता छन् ?
स्रष्टा सर्जक, प्रस्तोता र संगीत तथा चलचित्र उत्पादकहरूको रोयल्टी संकलन वितरण गर्ने कार्य । नेपाल संगीत उद्योग संघको इतिहास स्मारिका २०७४ । नेपाल संगीत उद्योग संघको आयोजनमा भइरहेको एएमआइएन राष्ट्रिय म्युजिक अवार्डको परिकल्पना र निरन्तरता । संगीत तथा चलचित्र उत्पादकलाई डिजिटली विश्वबजारमा जोड्ने महत्वपूर्ण कार्यको सुरुवात साथै नेपाली संगीत उद्योगलाई अरू उद्योग सो सरह उद्योगको रूपमा स्थापित गर्न, नेपाल उद्योग वाणिज्य महासंघसँगको महत्वपूर्ण सहकार्य ।
पछिल्लो समय संगीतको अवस्थालाई कसरी हेर्नुभएको छ ?
हामीले सुरु गर्दाको अडियो क्यासेट सिडीहरू पूर्णरूपले बिस्तापित भएर-२०६४ सालदेखि जब डिजिटल व्यापारको हाबी भयो, हाम्रा सिर्जनाहरू पनि सहजै विश्व बजारमा सुन्न र हेर्न सकिने त भयो तर हामीले डिजिटल व्यापारलाई सँगसँगै पछ्याउन नसक्दा नेपाली गीतसंगीत र चलचित्रका निर्माताले समुचित लाभ लिन सकिरहेका छैनौं । जब कि १७२ वटा भन्दा बढी पटोल्सबाट गीतसंगीतको कारोबार भए तापनि हामी डिजिटली रूपमा विश्व बजारसँग जोडिन नसक्दा, युट्युबलाई व्यापारिक आधार मानिरहेका छौं । तर, युट्युब हाम्रो व्यापार होइन, हाम्रो गीतको मूल्य युट्युबबाट पाइरहेका छैनौं । हाम्रो गीतमा विभिन्न ठूला कम्पनीले राखेको विज्ञापन हेरेबापतको सानो हिस्सामात्र हामीले प्राप्त गरिरहेका छौं । जबसम्म हामी डिजिटल रूपमा विश्वबजारसँग जोडिन सक्दैनौं तबसम्म हमीले न्यायोचित लाभ प्राप्त गर्न सक्दैनौं, बालुवामा पानी हाले झै जति लगानी गरे पनि प्रतिफल प्राप्त गर्न सक्दैनौं । नेपाली संगीत उद्योगलाई अन्तर्राष्ट्रिय महासंघहरूसँग जोड्ने तयारीमा जुटिरहेका छौं, निकट भविश्यमै हाम्रा स्रष्टा, सर्जक, प्रस्तोता र संगीत तथा चलचित्र निर्माता पनि अन्य विकसित देशका सेलिब्रेटीहरूले जस्तै मानसम्मान इज्जत प्रतिष्ठाकासाथ सानले जीउनेछन् भन्नेमा विश्वस्थ छु ।
अडियो क्यासेट सिडीहरू पूर्णरूपले बिस्तापित भएर २०६४ सालदेखि जब डिजिटल व्यापारको हावी भयो, हाम्रा सिर्जनाहरू पनि सहजै विश्व बजारमा सुन्न र हेर्न सकिने त भयो तर हामीले डिजिटल व्यापारलाई सँगसँगै पछ्याउन नसक्दा नेपाली गीतसंगीत तथा चलचित्रका निर्माताहरूले समुचित लाभ लिन सकिरहेका छैनौं । जब कि १७२ वटा भन्दा बढी पटोल्सहरूबाट गीतसंगीतको कारोबार भए तापनि हामी डिजिटली रूपमा विश्व बजारसँग जोडिन नसक्दा, युट्युबलाई व्यापारिक आधार मानिरहेका छौं । तर, युट्युब हाम्रो व्यापार होइन, हाम्रो गीतको मूल्य युट्युबबाट पाइरहेका छैनौं ।
संस्थाको भावी योजना के कस्ता छन् ?
नेपाली संगीत उद्योगलाई अन्तर्राष्ट्रिय महासंघसँग जोड्दै जाने, संगीत, चलचित्र निर्माताको हकहित र अधिकार सुनिश्चत हुनेगरी प्रतिलिपि अधिकार ऐन २०५९ लाई समयसापेक्ष्य परिमार्जन गर्ने तयारीमा जुटिरहेका छौं ।
सूर्यबहादुर के हो ?
सूर्यबहादुर मगर सिपाही भएर काम गर्ने एक सामाजिक व्यक्तित्व हो ।
जीवन के हो ?
जीवन, भगवानले दिनुभएको वरदान हो । अवसर पटकपटक आउँदैन । जीवनलाई सही सदुपयोग गरेर जीउन जान्नुपर्दछ भन्ने लाग्छ ।
अन्य कुन-कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
रामेछाप सांस्कृतिक कला, साहित्य समाजको संस्थापक अध्यक्ष (२०६५) । संगीत बचत तथा ऋण सहकारी संस्था लि.बोर्ड सदस्य (२०६७) । नेपाल संगीत उद्योग संघ उपाध्यक्ष (२०७०) । नेपाल संगीत उद्योग संघ अध्यक्ष (२०७२) । अध्यक्ष २०७४, २०७६ र २०७९ ।
नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र मनोरञ्जन फोरमको उप सभापति-२०७४ र २०७७ । बस्तुगत परिषद् सदस्य-२०७७ । हाल बस्तुगत उपसभापति । संगीत तथा चलचित्र उत्पादक समाज नेपाल उपाध्यक्ष-२०७२, २०७४, २०७६ । हाल अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत । सूर्यचका फाउण्डेशन कार्यसमिति सदस्य-२०७६, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) संयोजन समिति नेपाल सल्लाहकार-२०७६, २०७८ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय रोयल्टी अनुगमन उपसमितिको उपसंयोजक-२०७४ । यस्तै यस्तै ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानस्वरूप मानसम्मान तथा अवार्ड प्राप्त गर्नुभएको पाइन्छ नि ?
यहाँले भनेजस्तै विभिन्न अवार्ड, सम्मान र पुरस्कार प्राप्त भएका छन् । क्वालेटी इन्टरटेडमेन्ट राष्ट्रिय संगीत व्यवसायी सम्मान-२०७९, वीरगञ्ज उद्योग वाणिज्य संघ सम्मान-२०७८, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोड झापा सम्मान-२०७९, पश्चिमाञ्चल सांस्कृतिक केन्द्र सम्मान-२०७५, संगीत रोयल्टी संकलन समाज नेपाल सम्मान-२०७९, प्रेम अर्थ सम्मान-२०७६, न्यू अरुणदय स्कुल तेक्वान्ढो डोजाङ सम्मान-२०७८, विशाल लुम्बिनी लोकदोहरी अवार्ड-२०७९, इण्डो नेपाल सुजन म्युजिक अवार्डलगायत थुप्रै छन् ।
तपाईंको रुचि ?
लोपन्मुख लोक गीतसंगीतको संरक्षण प्रबद्र्धन र समाज सेवा गर्ने ।
फुर्सदमा के गर्न मनपराउँनुहुन्छ ?
फुर्सद नै हुँदैन प्रायः त, यदि भयो भने गोरखा दरबार, नुवाकोट दरबार , लुम्बिनी र मुस्ताङ घुम्न जाने इच्छा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच