काठमाडाैं । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुङ्गा पल्टिएको हो । अधिकारीहरूले खोजलाई तिब्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् ।
विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरुले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच