काठमाडौं । निरन्तर उच्च अंकले घटिरहेकोे सेयर बजार मंगलबार भने ०.४० अंकले घटेको छ । नेप्सेसँगै अघिल्लो कारोबार दिनको तुलनामा दैनिक कारोबार रकम पनि दुई अर्ब सात करोड १५ लाखले घटेको छ । यस दिन तीन सय १० कम्पनीका एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तीन सय सात कम्पनीका एक करोड ८० लाख कित्ता सेयर छ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएका थिए ।
मंगलबार कारोबारमा आएकामध्ये विकास बैंक, फाइनान्स, लगानी, निर्जीवन बिमा र अन्यमा सुधार आएको छ भने व्यापार सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ । जीवन बिमा ०.६६, जलविद्युत् ०.५८ र बैंकिङ ०.४२ प्रतिशतले घटेको छ ।
चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरिको सेयर मूल्य ८६ रुपैयाँ ३० पैसाले बढेर नौ सय ४९ रुपैयाँ ३० पैसा पुगेको छ । नेपाल ल्युब आयल ९.९९, एनएमबी माइक्रोफाइनान्स ९.९२, तेह्रथुम पावर ९.८८, आइएमई प्रुडेन्सियल ७.२१, दोर्दीखोला जलविद्युत् ६.९९, तारागाउँ रिजेन्सी होटल ५.५६ र सनराइज फोकस इक्विटी फण्डको इकाई मूल्य ५.४० प्रतिशतले बढेको छ ।
त्यस्तै, ओरियन्टल होटल ५.१४, सिटी होटल ४.९८, कालिञ्चोक दर्शन ४.८९, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ४.३३, सोनापुर मिनरल्स एण्ड आयल ४.०८ र न्यादी हाइड्रोपावरको सेयर मूल्य चार प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.२० प्रतिशतले घटेर सात सय ७५ रुपैयाँमा झरेको छ भने गुराँस लघुवित्त ५.९०, अपर स्यांगे हाइड्रोपाावर ४.८४, आशा लघुवित्त ४.६७ र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य ४.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकम, कारोबार संख्या र कारोबार सेयरका आधारमा पहिलो स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको आठ लाख ४१ हजार २२ कित्ता सेयर ५५ करोड नौ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ ।
अपि पावर १८ करोड १० लाख, एनआरएन इन्फ्रास्टक्चर १३ लाख ५५ हजार, ङादी गु्रप पावर ११ करोड ६० लाख, सोनापुर मिनरल्स एण्ड आयलको १० करोड ६७ लाख र अरुण काबेली पावरको १० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच