बर्दघाटको १३औं नगरसभा : सहकारी र प्रज्ञा प्रतिष्ठान ऎन संशोधन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाको १३ औँ नगर सभाको शुभारम्भ भएको छ । आज मंगलबार नगरपालिकाको सभाहलमा बर्दघाट नगरपालिकाको नगर सभा सुरु भएको हो ।

नगरसभामा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गर्नु भएको सहकारी ऐन २०७४ को पहिलो संशोधन र बर्दघाट प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधन प्रस्ताव पारित भएको छ । सभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन २०८० र अनुगमन तथा सुपरिवेक्षण समितिको अर्धवार्षिक प्रतिवेदन स्वीकृत गर्ने निणर्य पेश गरिएको थियो ।

नगरसभामा बर्दघाट नगरपालिकाबाट विभिन्न मितिमा भएका निणर्यहरु अनुमोदनका लागि पेश भएका थिए भने सभा अध्यक्षबाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडास्तरका योजनाका शिर्षकान्तर तथा रकमान्तर सम्बन्धि प्रस्ताव पेश गर्नु भएको छ । नगर सभाका सभाध्यक्षा श्रेष्ठले पेस गर्नु भएको प्रस्तावहरु माथी बोल्दै नगर सभा सदस्यहरुले सार्वजनिक जग्गा संरक्षण, सिँचाई, विद्युतिकरण, बाटोको समस्या लगायतका विषयहरु उठाउनु भएको थियो ।

सभा सदस्यहरुको प्रश्नको उत्तर दिँदै सभाध्यक्ष श्रेष्ठले सार्वजनिक जग्गा संरक्षणका लागि जनप्रतिनिधि र सम्बन्धित कर्मचारीहरुलाई खटाइएको बताउनुभयो । त्यस्तै नगर प्रमुख श्रेष्ठले वडाका जनप्रतिनिधिहरुलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।

१३ औँ नगरसभामा बर्दघाट नगरका सहकारी विज्ञ चन्द्र ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्सकुन) को अध्यक्षमा निर्वाचित हुनुभएकोमा नगरसभा बाटै सम्मान गर्ने निणर्य भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बर्दघाट नगरका १ सय २० वटा टोल विकास संस्थाहरु मध्ये बर्दघाट १३ को कालिका टोल विकास संस्थालाई सर्वोकृष्ट संस्थाको रुपमा सम्मान गर्ने निणर्य गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सन् २०२३को ‘इएर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गर्ने निणर्य गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?