जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गढीगाउँ आधुनिक युगमा पनि संचारबाट टाढा रहेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडिले जानकारी दिनुभयो ।
यहाँको गढीगाउँ सदियौँदेखि सञ्चारविहीन छ। अहिलेको समयमा पनि यहाँका स्थानीयहरु पुरानै प्रणालीअनुसार खबर आदान-प्रदान गर्दै आएका छन् । खबर आदान-प्रदान गर्न रैबार पठाउने, मान्छेमार्फत खबर गर्ने गरिन्छ । अढाई सय घरधुरी रहेको गढीगाउँमा एक हजार ४५८ जनसंख्या रहेको स्थानीयवासी बताउँछन् ।
वडासचिव नरबहादुर बुढाकाअनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर लासी गएर गर्नु परेको छ । गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ । देशको राजनीतिक गतिविधिदेखि अन्य समसामयिक जानकारीबाट यहाँका स्थानीयवासी बञ्चित भएको वडासचिव बुढाको भनाइ छ ।
यहाँ कोही बिरामी हुँदा निकै समस्या हुने गरेकाे छ । खबर आदान-प्रदान हुँदैन । समयमा स्वास्थ्य संस्था लैजाने साधन मिल्दैन । तल्फीको गाउँमाथी डाँडामा टेलिफोनको टावर निर्माणधीन अवस्थामा रहेको छ । सो टावर बनेपछि गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच