रुपन्देही । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।
तिलोत्तमा–१३ का स्थायी बासिन्दा रहेका खनालले दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन महत्वपूर्ण योगदान दिएकाले प्रोत्साहन र हौसला प्रदानसहित सम्मान दिने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत नारायण अर्यालले बताउनु भयो ।
शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार रुपियाँ दिने घोषणा गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनु भयो ।
विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगर प्रमुख खांणले बताउनु भयो ।
कप्तान खनालले अफगानिस्तान विरुद्ध अर्धसतकियपारी सहित ५८ रनको योगदान दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ का स्थायी वासिन्दा रहेका कप्तान खनालले सिगो नगरको समेत प्रतिष्ठा बढाएको नगर प्रमुख खाँणले बताउनु भयो ।
नगरपालिकाले यस अघिपनि ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयाँले सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच