सभापति देउवाद्वारा कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गर्नुभएको छ ।

देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गर्नुभएकाे हाे ।

देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित हुनु भएको थियो।

कांग्रेसमा अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?