काँग्रेसले भन्यो : माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । उहाँले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । काँग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?